National News

रुस्लान टि ट्वान्टी क्रिकेट प्रतियागिताको उपाधी पुलिसको पोल्टामा

नेपाल पुलिस क्लबले रुस्लान टि ट्वान्टी क्रिकेट प्रतियागिताको उपाधी रक्षा गरेको छ । आज भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाइ चार विकेटले पराजित गर्दै उपाधी जितेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २० ओभरमा एक सय ४२ रन बनाएको थियो । माथिल्लो क्रमका चार ब्याट्सम्यनलाइ सस्तैमा गुमाएको आर्मीको पारीलाइ कप्तान विनोद भण्डारी र राजेश पुलामी मगरले उकासेका थिए । पहिलो विकेटका रुपमा ओपनर सागर पुनलाइ ब्यक्तिगत एक रनमा गुमाएको आर्मीका नरेश बुढाऐर २८ र अनिल कुमार मण्डल १५ रनमा मैदान बाहिरिएका थिए । राजु रिजाल तीन रनमा पभेलियन फर्किएपछि दवावमा आएको आर्मीलाइ भण्डारीले ४० र पुलामीले ३८ रन बनाउदै सम्मानजनक स्कोरमा पु¥याएका थिए । पुलिसका ललित भण्डारी र ललित राजबंशीले दुइ दुइ विकेट लिए ।

जवाफमा एक सय ४३ रनको लक्ष्य पछ्याएको पुलिसको पनि सुरुवात भने राम्रो हुन सकेन् । ३२ रन हुदा दुई विकेट गुमाएको पुलिसका दिलिपनाथ २४ र सुनिल धमला आठ रनमा आउट भएका थिए । तर दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले शानदार ब्याटिङ गर्दै पुलिसलाइ जीतको बाटो देखाएका थिए । दिपेन्द्रले ३५ बलमा ४२ र कुशलले २० बलमा ३४ रनको योगदान गरेपछि पुलिस च्याम्पियन बन्यो । गत संस्करणमा जस्तै आर्मी विरुद्ध सिद्धान्त लोहनीले छक्का प्रहार गर्दै पुलिसलाइ उपाधी दिलाए । विक्रम सोब र जितेन्द्र मुखियाले कसिलो बलिङ गर्दै दुइ दुइ विकेट लिएपनि कुशल र ऐरीलाइ रोक्न सकेनन ।

विजेता पुलिसले तीन र आर्मीले दुइ लाख पुरस्कार हात पारे । उत्कष्ट ब्याट्सम्यान र बलर दुवै क्रमश आर्मीका सागर पुन र जितेन्द्र मुखिया चुनिए । पुलिसका आरिफ सेखले उत्कृष्ट क्याच र कुशलले सर्वाधिक छक्काको अवार्ड जिते । काठमाडौं क्रिकेट एकेडेमीका सुर्य लामा इमर्जिङ प्लयेर चुनिए । म्यान द टुर्नामेन्ट भने सुनिलको नाममा रह्यो । सवैभन्दा छिटो अर्ध शतक बनाएका सागर र प्रतियोगिताकै एक मात्र शतक बनाएका एसपिएका शंकर रानालाइ पनि पुरस्कार प्रदान गरिएको थियो ।

Latest News

To Top