दक्षिण अफ्रिका विरुद्धको श्रृखलामा श्रीलंकाको कब्जा

दक्षिण अफ्रिका विरुद्धको तेस्रो ट्वान्टी ट्वान्टी खेलमा श्रीलंका पाच विकेटले विजयी भएको छ । जितसंगै श्रीलंकाले तीन खेलको श्रृखलामा दुई एकले कब्जा जमाएको छ ।

केपटाउनमा भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाच विकेटको क्षतीमा एक सय ६९ रन बनाएको थियो । उसका लागि चोटबाट टिममा फर्केका पुर्व कप्तान एवी डिभिलियर्सले ६३ तथा रिजा हेन्डरिक्सले ४१ रन बनाए । यस्तै मंगलिसो मोस्हेलले ३२ रन जोडे ।

जवाफमा एक सय ७० रनको लक्ष्य श्रीलंकाले एक बल बाकि हुदा पाच विकेट गुमाउदै पुरा गर्यो । उसका लागि निरोशन डिकवेलले ६८ तथा सेकुज प्रसन्नले ३७ रन बनाए । यस्तै उपल थरङगाले २० रनको योगदान गरे । जसका कारण श्रीलंकाले विदेशी भुमिमा तीन बर्षपछि श्रृखला हात पार्यो ।

Comments:

comments

Latest News