श्रीलंकन पुर्व प्रशिक्षक डेभ ह्वाटमोर नेपालमा

श्रीलंकालाई १९९६ को विश्वकप जिताएका श्रीलंकन पुर्व प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आएका छन । ब्याट एण्ड बल फाउन्डेसनको पहलमा उनि नेपाल आएका हुन ।

ब्याट एण्ड बल फाउन्डेसनको खर्चमा नेपाल आएका डेभले नेपाली खेलाडीलाई प्रशिक्षण पनि दिनेछन । फाउन्डेसनको उदघाटनका लागि नेपाल आएका डेभले भोली सो कार्यक्रमको उदघाटन गर्नेछन । त्यसपछि २५ तारिख देखि नेपाली अन्डर नाइन्टिन र राष्ट्रिय टिमका खेलाडीलाई प्रशिक्षण दिनेछन । उक्त क्याम्पमा सिनीयर टिम र यू–१९ का १० खेलाडी समावेश हुनेछन ।

१८ दिनको बसाईका लागि नेपाल आएका डेभको प्रशिक्षणमा केन्या विरुद्धको तयारीमा रहेका खेलाडीलाई फाइदा हुने बताइएको छ । श्रीलंकन मुलका डेभले अष्ट्रेलियाका लागि सात टेष्ट र १ एक दिवसिय अन्तराष्ट्रिय खेलेका थिए । उनकै प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेका थिए । उनले बंगलादेश, पाकिस्तान र जिम्मावे टिम सम्हालिसकेका छन । पछिल्लो पटक जिम्बावेको प्रशिक्षक बनेका डेभलाई हटाइएको थियो ।

Comments:

comments

About the author

News Staff