International News

टी–ट्वान्टीको पहिलो खेलमा इङल्याण्डसंग भारत स्तब्ध

भारत विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा इङल्याण्ड ७ विकेटले बिजयी भएको छ । जितसंगै इङल्याण्डले तीन खेलको श्रृखलामा १-० को अग्रता बनायो ।

कानपुर स्थित ग्रिन पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४७ रन बनाएको थियो । उसका लागि महेन्द्रसिंह धोनीले ३६ तथा सुरेश रैनाले ३४ रनको योगदान गरे । यस्तै कप्तान विराट कोहलीले २९ रन थपे । तर बाकि खेलाडी सस्तैमा आउट भए ।

जवाफमा इङल्याण्डले १८ ओभर एक बलमा मात्र तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । इङल्याण्डको जितमा कप्तान इयान मोर्गनले ५१ तथा जोय रुटले ४६ रन बनाए । यस्तै साम विलिङसले २२ र जेसोन रोयले १९ रन बनाए । ब्याटिङमा कमजोर रहेको भारत बलिङमा पनि फितलो रह्यो । उसकालागि युजेन्द्र चाहलले दुई तथा प्रभेज रसोलले एक विकेट लिएपछि बाकि बलरको प्रदर्शन टिठलाग्दो बन्यो ।

Most Popular

To Top