Nepal Mens

दोस्रो अभ्यास खेलमा नेपालले राजवाडा क्रिकेट टिमलाई २ सय ४८ रनको लक्ष्य

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट टिमलाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

ग्रेट नोयडा स्थित गौतमबुद्ध क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ४७ रन बनायो । बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो । आशिफ शेखको स्थानमा सुनिल धमलालाई ओपनिङको जिम्मेवारी दिएको नेपालका लागि सुनिल र ज्ञानेन्द्र मल्लको जोडीले दरिलो साझेदारी गरेका थिए ।

तर सुनिल ४४ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि सरद भेषवाकर मात्र सात रनमा आउट हुदा एक सय नौ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि सागर पुनले १७ र महबुब आलमले ३० रन बनाए । आजको खेलमा पनि कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेले । पाच रनले सतक बनाउनबाट चुकेका ज्ञानेन्द्रले एक सय १५ बलमा ९५ रन बनाए । त्यसअघि आरिफ शेखले २४ र बसन्त रेग्मीले १२ रन बनाए ।

Comments:

comments

About the author

News Staff

Latest News