International News

तेस्रो खेलमा दक्षिण अफ्रिका एक सय ५९ रनले विजयी, डिभिलियर्सको किर्तीमान

न्युजिल्याण्ड विरुद्धको तेस्रो एकदिवसिय खेलमा दक्षिण अफ्रिका एक सय ५९ रनले विजयी भएको छ । जितसंगै दक्षिण अफ्रिकाले पाच खेलको श्रृखलामा दुई एकको अग्रता बनाएको छ ।

न्युजिल्याण्डको विलिङटनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ७१ रन बनाएको थियो । उसका लागि कप्तान एवी डिभिलियर्सले ८५ रन बनाए । योसंगै डिभिलियर्स एक दिवसिय खेलमा नौ हजार रन सबै भन्दा चाडो पुर्याउने खेलाडी बनेका छन । उनले दुई सय पाच इनिङमा नौ हजार रन पुरा गरेका हुन । यस्तै क्विन डी ककले ६८ रन बनाए भने फाफ डुप्लिसिसले ३६ रन जोडे ।

जवाफमा न्युजिल्याण्ड ३२ ओभर दुई बलमा मात्र एक सय १२ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कोलीन ग्राण्डहोमले सर्वाधिक ३४ रन बनाउदा केन विलियम्सनले २३ रन बनाए । बाकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डको पारीलाई ध्वस्त बनाउन डवायन प्रिटोरियसले तीन विकेट लिए ।

Most Popular

To Top