Blind Cricket

दृष्टीविहिन विश्वकप क्रिकेट, नेपाल पाकिस्तानसंग १० विकेटले पराजित

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो हार ब्यहारेको छ । आज भएको लिगको चौथो खेलमा नेपाल पाकिस्तानसंग १० विकेटले पराजित भयो ।

दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउदै मात्र एक सय १६ रन बनायो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । ११ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६० रन हुदा पाच विकेट खेर फालेको थियो । गतिलो साझेदारी नहुदा नेपाल प्रतियोगिता कै न्युन स्कोरमा रोकियो । नेपालका लािग सुनिलराना मगरले ४० तथा रमेशबहादुर बानियाले १५ रन बनाए ।

यस्तै लोकबहादुर थापाले १० रन बनाउनु बाहेक बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । नेपालले २९ अतिरीक्त रन पाएको थियो । पाकिस्तानका साना उल्लाह खानले दुई विकेट लिए ।

जवाफमा पुर्व च्याम्पियन पाकिस्तानले सात ओभर पाच बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पाकिस्तानको जितमा रइसत खानले अविजीत ५६ तथा मति उल्लाहले ५० रन बनाए । प्रतियोगिता अन्तर्गत नेपालले भोली वेष्ट इन्डिजसंग खेल्नेछ ।

Latest News

To Top