Nepal Cricket

दृष्टीविहिन विश्वकप क्रिकेट, नेपालको चौथो हार

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले चौथो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल वेष्टइन्डिजसंग ४३ रनले पराजित भयो ।

मुम्बईको बान्द्रामा भएको खेलमा पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाउदै दुई सय आठ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि केभिन एन्ड्रुले ९६ तथा कनेल ग्राहमले २७ र ओरिन फिलिप्सले २३ रन बनाए । नेपालले २८ अतिरीक्त रन दिएको थियो ।

जवाफमा नेपालले २० ओभरमा तीन विकेट गुमाउदा एक सय ६५ रनमा रोकियो । २२ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ७० रनमा तीन विकेट खेर फालेको थियो । नेपालका लागि सुनिलथापा मगरले ७० तथा लोकबहादुर थापाले ३६ र सुनिलराना मगरले २५ रनको योगदान गरे । यस्तै पदम बहादुरले ११ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन । हारपछि नेपालको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगिता अन्तर्गत नेपालले भोली श्रीलंकासंग खेल्नेछ ।

Comments:

comments

About the author

News Staff

Latest News