दृष्टीविहिन विश्वकप क्रिकेट, नेपालको छैटौ हार, इङल्याण्डसंग ९० रनले पराजित

भारतमा जारी दृष्टीविहिन विश्वकप क्रिकेटमा नेपालले छैटौ हार ब्यहोरेको छ । आज भएको लिग चरणको खेलमा नेपाल इङल्याण्डसंग ९० रनले पराजित भयो ।

भारतको कर्नाटका स्टेट क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको इङल्याण्डले २० ओभरमा पाच विकेट गुमाउदै दुई सय ३३ रन बनायो । आक्रामक ब्याटिङ गरेको इग्ल्याण्डले ६० रन हुदा तीन विकेट गुमाएपनि त्यसपछि लुक जेसोन स्मिथ र पिटर ब्लुइटले एक सय ६२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

इङल्याण्डका लागि लुकले एक सय रन बनाए । उनले ६२ बलमा आठ चौका प्रहार गरे । यस्तै पिटरले ४३ रन जोडे । ३३ अतिरीक्त रन पाएको इङल्याण्डका लागि जस्टिन होलिङवर्थले १५ थपे । बलिङ तर्फ पदमबहादुर बदइलाले दुई तथा सुनिल थापामगरले एक विकेट लिए ।

जवाफमा नेपाल २० ओभरमा सात विकेट गुमाउदा एक सय ४३ रनमा अलआउट भयो । सात रन हुदा दुई विकेट गुमाएको नेपालले ५९ रन हुदा पाच विकेट खेर फालेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ४२ तथा सुनिल थापामगरले ३० रन बनाए । यस्तै क्रितन रानामगरले २७ रन बनाएपनि बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । अब नेपालले भोली साविक विजेता भारतसंग खेल्नेछ ।

Comments:

comments

About the author

News Staff

Latest News