Nepal Mens

नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो

यूएईले नाम फिर्ता लिएपछि नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू–२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । यसअघि एक दिवसिय मान्यता राष्ट्र मात्र खेल्न पाउने बताइएपनि विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।

साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।

Most Popular

To Top