आइसीसी इन्टरकन्टिनेन्टल कप, नेदरल्याण्ड र हङकङ विचको खेल बराबर

आइसीसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नेदरल्याण्ड र हङकङ विचको चार दिनको खेल बराबरीमा सकिएको छ ।

हङकङको मिसन रोड पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले पहिलो पारीमा पाच सय २७ रन बनायो । कप्तान बबर हायातको एक सय ७३ रनको मद्धतले हङकङले ठुलो स्कोर बनाएको थियो । यस्तै उसका लागि अन्सुमान राथले ९८ तथा क्रिस्टोफर कार्टरले ८४ रन बनाए ।

जवाफमा नेदरल्याण्ड पहिलो पारीमा दुई सय ८४ रनमा अलआउट भयो । उसका पाच खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा रे भान डेर मर्वेले एक सय ३७ रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । पहिलो पारीमा दुई सय ८४ रनको अग्रता बनाएको हङकङले दोस्रो पारीमा थप दुई सय ६३ रन बनायो ।

हङकङका लागि अन्सुमान राथले ८८ रन बनाउदा वाकास खानले ३६ तथा क्रिस्टोफर कार्टरले ३५ रन बनाए । जसका कारण नेदरल्याण्डले पाच सय सात रनको विशाल लक्ष्य पाएको थियो । तर चौथो दिनको खेल सकिदा नेदरल्याण्डले एक सय ११ ओभरमा पाच विकेट गुमाउदा तीन सय ९३ रन बनायो । जसमा उसका लागि बेन कुपरले एक सय ७३ तथा पिटर सिलरले एक सय ३८ रन बनाए । जसका कारण नेदरल्याण्डले गुमाइसकेको अंक जोगायो ।

Comments:

comments

About the author

News Staff