National News

सल्लाहकार समितीको बैठकका लागि आइसीसी टिम नेपालमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइट नेपाल आइपुगेका छन् । नेपाली क्रिकेटको विवाद समाधानलाई बनेको सल्लाहकार समितिसँगको बैठकका लागि उनी काठमाडौं आएका हुन् ।

सेप्टेम्बर अन्तमा टिम एन्डरसनको स्थान लिएका ग्लेनराइट पहिलो पटक नेपाल आएका हुन् । उनीसँगै आईसीसीका लेखा शाखाका प्रमुख अमर शेख पनि आएका छन् । सल्लाहकार समितिको बैठक शनिबार र आइतबार सोल्टी होटलमा बस्ने कार्यक्रम छ । त्यस बाहेक आईसीसी टोलीले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित टोलीसँग भेट्ने कार्यक्रम छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएको जनाउँदै आईसीसीले धारा २.९ मिचेको भनी वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले २०१४ को अन्तदेखि नै क्यानलाई दिँदै आएको सबै अनुदान थियो । नेपाली क्रिकेट टिमलाई भने आईसीसीका प्रतियोगिताहरू खेल्न छुट दिइएको छ । तयारीक्रममा रहँदा र खेल्दा लाग्ने खर्च आईसीसीले नै उपलब्ध गराउँदै आएको छ ।

गतवर्ष मंसिर अन्तिममा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुन्दै क्यानको साधारण सभा भएको थियो । तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको टोलीले क्यानको उक्त सभा बहिष्कार गर्दै राखेपमा उजुरी दिएको थियो । आफ्नो स्विकृतिविना चुनाव भएको भन्दै राखेपले त्यसलाई मान्यता दिएको छैन । पुस १८ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान तदर्थ समिति गठन गर्‍यो । निर्वाचित क्यानले त्यसविरुद्व सर्वोच्च अदालतमा मुद्दापछि क्यान विवाद थप चर्कियो । त्यसको अझै फैसला भएको छैन । क्यान विवादित बनेपछि आईसीसीले निलम्बन गर्दै निकास दिन सल्लाहकार समिति बनाएको हो ।

Comments:

comments

About the author

News Staff

Latest News