ICC World Cricket League Championship Nepal Mens

केन्या विरुद्ध हुने खेलहरु किर्तीपुरमा हुने पक्का: आईसीसी

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ ।

अंतरराष्ट्रीय क्रिकेट परिषद (आईसीसी) का अनुसार नेपाल र केन्याको पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ ।

आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको छ । आठ टोली सहभागी प्रतियोगिताको चौथो चरणका खेलहरु सकिँदासम्म नेपाल ६ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ । दुइ अंक बढी रहेको केन्या नेपालभन्दा एक स्थान अगाडि छ ।

त्री.वि. क्रीकेट मैदान,काठमाडौं

२०१५ देखि सुरु भएको प्रतियोगिता यो बर्षभर चल्नेछ । प्रतियोगिताको शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् । नेपालले यसअघि कीर्तिपुरमै भएको खेलमा नामिवियालाई दुवै खेलमा हराएको थियो । प्रतियोगिताको शीर्ष चारमा रहन नेपालका लागि बाँकी सबै खेल निक्कै महत्वपूर्ण छ ।

Comments:

comments

About the author

Nischal Tiwari

Nischal Tiwari is the Founder/Editor of Cricnepal.com, Nepal's popular cricket News website. He is a sports Journalist and writes cricket news and articles.

Follow @nischaltiwari

Latest News