भारतको जीतको श्रृखलामा पुर्ण विराम, अष्ट्रेलियासंग लज्जास्पद हार

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले तीन सय ३३ रनको लज्जास्पद हार ब्यहोरेको छ । तीन दिनमा सकिएको टेष्टमा भारतले दुबै पारीमा एक सय ५० रन कटाउन सकेन । हारसंगै विराट कोहलीको कप्तानीमा भारतको १९ जीतको यात्रामा पुर्ण विराम लागेको छ ।

पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा दुई सय ६० रन बनायो । उसका लागि मेट रेन्सोले ६८ तथा मिचेल स्टार्कले ६१ रन बनाए । जवाफमा भारत पहिलो पारीमा मात्र एक सय ५ रनमा धोस्त भयो । भारतका लागि लोकेश राहुलले ६४ रन बनाउनु बाहेक बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए ।

पहिलो पारीमा एक सय ५५ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो पारीमा थप दुई सय ८५ रन बनायो । जसका कारण भारतले चार सय ४१ रनको लक्ष्य पायो । अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले एक सय नौ रन बनाए । जवाफमा भारत १०७ रनमा अलआउट भयो । घरेलु मैदानमा स्पिन पिच भारतका लागि धातक सावित भयो ।

अष्ट्रेलियाको आक्रमण सामु घुडा टेकेको भारतका लागि चेतेश्वर पुजाराले ३१ रन बनाउदा बाकि खेलाडी एक पछि अर्को गरी आउट भए । भारतलाई दुबै पारीमा ध्वस्त बनाउन स्टिभ केफिले १२ विकेट लिए । तेस्रो दिन नै १५ विकेट झर्दा खेल नै समाप्त भयो ।

अब दोस्रो टेस्ट म्याच ब्याङ्लोरमा मार्च ४-८ मा खेलिनेछ ।

Comments:

comments

About the author

News Staff