International News

८ रनमा ८ विकेट गुमाउदा इङल्याण्डले श्रृखला गुमायो

इुजबेन्द्र चाहलले शानदार बलिङ गरेपछि भारतले इङल्याण्ड विरुद्धको तेस्रो ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा ७५ रनको जीत हात पारेको छ । यो संगै भारतले तीन खेलको श्रृखला दुइ एकले आफ्नो पक्षमा पारयो ।

बैङलोरमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउदै दुइ सय दुइ रनको विशाल योगफल बनँएको थियो । दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीलाइ गुमँएको भारतको पारीलाइ सुरेश रैना र महेन्द्र सिंह धोनीले सम्हालेका थिए । रैनाले ४५ बलमा ६३ रन बनाउदा धोनीले ३६ बलमा ५६ रनको योगदा दिए । युवराज सिंहले दश बलमा २७ रन जोडे ।

जवाफमा दुइ सय तीन रनको लक्ष्य पछ्याएको इङल्याण्ड उत्कृष्ट सुरुवात गरेपनि १६ ओभर तीन बलमा सवै विकेट गुमाउदै मात्र एक सय २७ रनमा समेटियो । एक समय इङल्याण्ड १३ ओभर तीन बलमा तीन विकेट गुमाउदै एक सय १९ रनमा खेलिरहेको थियो । तर उसले थप आठ रन जोड्दा बाकि आठ विकेट गुमायो । अन्तराष्ट्रिय टि ट्वान्टी क्रिकेटमा इङल्याण्डको यो दोस्रो खराब प्रदर्शन हो ।

यसअघि सन १९४६ मा न्युजिल्याण्डले अस्ट्रेलिया विरुद्ध पांच रन जोड्दा आठ विकेट खेर फालेको थियो । इङल्याण्डका लागि जो रुटले ४२ र इयोन मोर्गानले ४० रन जोडे । बलिङ तर्फ भारतका लेग स्पिनर चाहलले ६ र जस्प्रित बुमराहले तीन विकेट लिए । भारतले इङल्याण्ड विरुद्ध पहिलो पटक टि ट्वान्टी सिरिज जितेको हो । यो संगै कोहली तीनै फरम्याटमा पहिलो सिरिज जित्ने पहिलो भारतीय कप्तान बनेका छन । उनको कप्तानीमा भारतले २०१५ मा श्रीलङका विरुछ टेस्ट जितेका थिए भने इङल्याण्ड विरुद्ध एकदिवशीय र टि ट्वान्टी सिरिजको पनि उपाधी जिते ।

Most Popular

To Top