International समाचार

टी–ट्वान्टीमा २१ बर्षे ठिटोले प्रहार गर्यो ३०० रन

भारतीय युवा क्रिकेटर मोहित अलावातले ट्वान्टी ट्वान्टी क्रिकेटमा तेहेरो सतक प्रहार गरेर किर्तीमान बनाएका छन ।

दिल्लीमा भएको स्थानिय खेलमा २१ बर्षे मोहितले ७२ बलमा तेहेरो सतक प्रहार गरे । सो क्रममा उनले ३९ छक्का प्रहार गरेका थिए । उनको यो स्कोरको मद्धतले माभि टिमले दुई विकेटको क्षतीमा चार सय १६ रन बनायो । यसअघि ट्वान्टी ट्वान्टीमा आइपिएलमा २०१३ मा क्रिस गेलले एक सय ७५ रन बनाएका थिए । जुन उच्च स्कोर थियो । यो सफलता पछि मोहित आसन्न आइपिएलको अक्सनका लागि आफनो नाम दर्ता गराएपनि पर्ने हो की होइन भन्ने चिन्तित भएको बताए ।


२०१५ मा मोहितले गौतम गम्भिर र इसान्त शर्मासंगै तीन वटा पहिलो श्रेणीको खेल खेलका थिए । जसमा पाच इनिङमा उनले मात्र पाच रन बनाएका कारण टिमबाट हटाइएका थिए ।

Comments:

comments

About the author

News Staff

Latest News