Nepal Cricket

आइपिएल अक्सनमा कुल तीन सय ५१ खेलाडीको नाम

इन्डियन प्रिमियर लिग आइपिएलमा यो बर्षको प्रतियोगिताका लागि खेलाडी अक्सनमा कुल तीन सय ५१ खेलाडीको नाम परेको छ । जसमा एक सय २२ जना अन्तराष्ट्रिय खेलाडी रहेका छन ।

आइपिएल आयोजकले सार्वजनिक गरेको खेलाडीको सुचिमा कुल सात सय ९९ खेलाडीले नाम दर्ता गरेपनि अक्सनका लागि आठ टिमले तीन सय ५१ खेलाडीमाथि बोलि लगाउने छन । जसका एसोसियट देशका छ जना खेलाडी पनि परेका छन । तीन मध्य पाच खेलाडी अफगानिस्तानका रहेका छन भने एक जना यूएइका परेका छन ।

अफगानिस्तानबाट अक्सनमा सामेल खेलाडीमा कप्तान अस्गर, मोहम्मद नावी, मोहम्मद सहजाद, रसिद खान, दवालत जार्दन छन जसमा सहजाद र रसिदको आधारभुत बोलि रकम ५० लाख भारतीय रुपैया तोकिएको छ । आउदो फेब्रेवरी २० तारिखमा बैङलोरमा हुने अक्सनमा भारतका राष्ट्रिय टिमबाट प्रतिनिधीत्व गरिसकेका २४ खेलाडीबाट तब्रि गतिका बलर सुदिप त्यागी भने हटाइएका छन ।

बाकि खेलाडीमा अर्का तिब्र गतिका बलर इसान्त शर्मा माथि दुई करोड भारतीय रुपैयाबाट बोलि लाग्नेछ । खेलाडी दर्तामा नौ देशका एक सय ६० खेलाडी रहेपनि पाकिस्तानबाट एक खेलाडीलाई पनि समावेश गरिएको छैन । अक्सका लागि सबैभन्दा धरै रकम किङस इलावेन पञ्जाव र दिल्ली डेयरडेभिल्ससंग हुनेछ । उनिहरुसंग करीव २३ करोड भारतीय रुपैया रहेको छ । सबै भन्दा कम ११ करोड रुपैया मुम्बइ इन्डियन्ससंग छ ।

Most Popular

To Top