International

आइपिएलमा सहभागि ८ टिममा दुईको अक्सनको विश्लेषण

इन्डियन प्रिमियर लिगका लागि खेलाडी अक्सनको अन्तिम सुची सार्वजनिक भइसक्दा टिमका मालिकलाई उत्कृष्ट खेलाडी भित्र्याउन विभिन्न योजना बनाइरहेका छन । यसपटकको अक्सनमा इङल्याण्ड र दक्षिण अफ्रिकाको अन्तराष्ट्रिय क्यालेण्डरका कारण केहि फरक पर्ने देखिन्छ । आइपिएलका बेला नै यी दुई देशका अन्तराष्ट्रिय क्यालेण्डर केहि ब्यस्त देखिएको छ । जसका कारण अब यसपटकको आइपिएल अक्सन अरु बेलाको भन्दा रोमाञ्चक हुने देखिन्छ ।

फेब्रेवरी २० मा हुने आइपिएल अक्सनमा ८ टिमको योजनाको विश्लेषण

राइजिङ पुणे सुपरजाइन्ट
२०१६ मा तेस्रो बनेको राइजिङ पुर्णले सो बेला कुल ११ खेलाडी रिलिज गरेको थियो । जसमा ६ जना विदेशी खेलाडी थिए । जसका कारण यसपटक उसलाई राम्रा र अनुभवी खेलाडीको खाचो रहेको छ ।

पुणेको उत्कृष्ट ११ खेलाडी

अजिन्क्या राहाणे, मयांक अग्रवाल, फाफ डु प्लिसिस, स्टिभ स्मिथ, मिचेल मार्स, महेन्द्रसिंह धोनी, रजत भाटिया, रविचन्द्रन आश्विन, इश्वर पाण्डे, अशोक डिन्डा र आदम जाम्पा ।

यसबाहेक उसको बेन्चमा रहेका खेलाडी

अंकुस बेइन्स, जसकरण सिंह, बाबा अपराजित, दिपक चाहर, अंकित शर्मा, उस्मन ख्वाजा ।

पुणेलाई चाहिएको

मिचेल मार्स केहि चोटग्रस्त भएकाले उनको रिप्लेसका लागि केहि विदेशी खेलाडी
दुई जना तेज गतिका बलर, एउटा भारतीय र एउटा विदेशी किनकी ६ जना बलरलाई रिलिज गरेको थियो ।
रविचन्द्रन आश्विनलाई साथ दिने राम्रो स्पिनर

पुणेले नजर लगाएका सम्भावित खेलाडी

बेन स्टोक, एञ्जलो म्याथ्युज, कोरे एन्डरसन, कोली डी ग्राण्डहोमी (विदेशी अलराउण्डर)
टेइमल मिल्स, कागिसो राबाडा, ट्रेन्ड बोल्ट ( विदेशी तेज बलर)
बसेइल टाम्पी, मोहम्मद सिराज, टी नत्राजन र आश्विन क्रिस्ट ( भारतीय तेज बलर )
पवन नेगी प्रवेज रसोल भारतीय स्पिनर
पुणेले किन्नसक्ने खेलाडी १०
विदेशी खेलाडीको स्थान ४
उसले खर्च गर्न पाउने रकम १७ दशमलव पाच करोड भारतीय रुपैया

गुजरात लायन्स

आफनो पहिलो सिजनमा लिगको शिर्ष स्थानमा रहेपनि फाइनलमा स्थान बनाउन नसकेको गुजरातले ८ खेलाडी रिलिज गरेको थियो । जसमा चोटग्रस्त भएका डेल स्टेज एक्लो विदेशी खेलाडी थिए ।

गुजरातको उत्कृष्ट ११ खेलाडी

ब्रन्डम म्याक्कुलम, ड्वायन स्मिथ, सुरेश रैना, दिनेश कार्तीक, ड्वायन ब्राभो, रविन्द्र जडेजा, इसान किसन, जेम्स फाल्कनेर, सिभिल कौशिक, प्रविन कुमार र धवल कल्कर्नी
बेन्च स्ट्रेन्थ
आरोन फिन्च, एन्ड्रु टे, प्रदिप संगन, ज्यादव शाह
गुजरातलाई चाहिएको
दुई जना भारतीय स्पिनर एक जना लेग र एक अफ
भारतीय तेज बलर
ब्राभो र फाल्कनरलाई ब्याकअपका लागि विदेशी अलराउण्डर
विदेशी तेज गतिको बलर
गुजरातले किन्न पाउने खेलाडी ११ जसमा तीन विदेश
कुल खर्चन पाउने रकम १४ दशमलव तीन पाच करोड भारतीय रुपैया

Most Popular

To Top