केन्या विरुद्धको खेलअघि नेपाली टिम प्रशिक्षणका लागि भारतको नोयडा जाने

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेलका लागि नेपाली टिम यतिबेला तयारीमा ब्यस्त छ । हाइ पर्फमेन्स क्याम्प अन्तर्गत करीव दुई साता डेभ वाटमोरले प्रशिक्षण दिएपछि २४ खेलाडी छनोट भएका छन । मार्च महिनाको ११ र १३ तारिखमा हुने खेल निकै महत्वपुर्ण भएका कारण पनि यसपटको टिम कस्तो बन्ने हो भन्ने कौतुहल सबैमा रहेको छ ।

अन्डर नाइन्टिन टिमका धरै जसो खेलाडीले २४ जनामा स्थान बनाएका छन । म्याच एक्पोजरलाई ध्यानमा राखेर नेपाली टिमले एक साता ग्रेटर नोयडामा प्रशिक्ष्ँण गर्ने भएका छन । आइसीसीको पहलमा टिमलाई भारतमा प्रशिक्षण लागि पठाउने लागिएको हो । केहि साता नेपालमा प्रशिक्षण गरेपछि १४ खेलाडीको अन्तिम नामावली तयार पारिनेछ । यसपटकको टिममा नया अनुहार पनि देखिन सकिने छ ।

२४ खेलाडी छनोट हुदा अनुभवी खेलाडी अनिल मण्डल, सुभास खकुरेल, नरेश बुढाऐर, जितेन्द्र मुखिया, पृथु बास्कोटा, प्रदिप ऐरी, महेश क्षेत्री जस्ता खेलाडीलाई विस्तापित गरेर टिममा स्थान बनाएका युवा खेलाडीमा पनि राम्रो क्षमता भएका कारण टिम उत्कृष्ट बन्ने प्रशिक्षक जगत टमाटाको भनाई छ । सुपर लिग र अन्य प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण दोस्रो चरणको टिममा स्थान बनाउन सफल भएका हुन, भारत जानु अगाडी अन्तिम १४ जनाको नामावली तयार पार्दा नया खेलाडीले स्थान पाउने सम्भावना धरै रहेको उनको भनँई छ ।

च्याम्पियनसिपमा छ अंकका साथ छैटौ स्थानमा रहेको नेपालले बाकि छ खेलमा कम्तिमा पाच खेल जित्नै पर्ने दबाव छ । त्यसमा पनि केन्याको खेल नेपालमा हुने निश्चित प्राय भएका कारण पनि नेपाललाई केहि फाइदा हुने देखिएको छ । तर म्याच एक्पोजरका लागि खेलाडीले जुन किसिमको प्रतियोगिता पाउनु पर्ने हो त्यसमा भने कमी हुनेहो की भन्ने ठुलो प्रश्न छ ।

Comments:

comments

About the author

News Staff

Latest News