राजवाडासंग ४७ रनले पराजित हुदा ज्ञानेन्द्र मल्लको सतक खेर

विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल राजवाडा क्रिकेट टिमसंग ४७ रनले पराजित भयो ।

भारतको ग्रेट नोयडा स्थित गौतमबुद्ध विश्वविध्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ८२ रनको लक्ष्य दिएको थियो । राजवाडाका लागि रजत चप्परवालले आक्रामक ९१ रनको पारी खेले । नेपाली बलर अगाडी आक्रामक देखिएको राजवाडाका लागि मधुर खत्रीले ९० तथा मोहम्मद साफिले ५२ रनको योगदान गरे । यस्तै कपिल यादवले १६ रन बनाए ।

तर बाकि खेलाडीले भने दोहोरो अंक छुन सकेनन । नेपालका लागि बलिङ तर्फ सन्दिप लामिछानेले दुई थता सोमपाल कामी र करण केसीले एक एक विकेट लिए पनि बाकि बलरको प्रदर्शन खासै उत्साहजनक रहेन ।

जवाफमा नेपाल ४७ ओभर एक बलमा दुई सय ३४ रनमा अलआउट भयो । तीन रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । तर त्यसअघि खासै राम्रो साझेदारी हुन नसक्दा नेपाल सस्तैमा आउट भयो ।

नेपालका लागि कप्तान मल्लले कप्तानी पारी खेल्ने एक सय चार रन बनाए । यस्तै सागर पुनले २८ र विनोद भण्डारीले २० रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन । एक साताको अभ्यास खेलमा लागि भारत पुगेको नेपालले अब दुई खेल खेल्नेछ ।

Comments:

comments

About the author

News Staff