Nepal Cricket

बदला लियो नेपालले दोस्रो खेलमा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट टिमलाई ८३ रनले पराजित गरेको छ ।

ग्रेट नोयडा स्थित गौतमबुद्ध क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ४७ रन बनाएको थियो । यो । बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो । आशिफ शेखको स्थानमा सुनिल धमलालाई ओपनिङको जिम्मेवारी दिएको नेपालका लागि सुनिल र ज्ञानेन्द्र मल्लको जोडीले दरिलो साझेदारी गरेका थिए । तर सुनिल ४४ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि सरद भेषवाकर मात्र सात रनमा आउट हुदा नेपालले एक सय नौ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि सागर पुनले १७ र महबुब आलमले ३० रन बनाए । आजको खेलमा पनि कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेले । पाच रनले सतक बनाउनबाट चुकेका ज्ञानेन्द्रले एक सय १५ बलमा ९५ रन बनाए । त्यसअघि आरिफ शेखले २४ र बसन्त रेग्मीले १२ रन बनाए । जवाफमा दुइ सय ४८ रनको लक्ष्य पछ्याएको राजवाडा ३७ ओभर तीन बलमा मात्र एक सय ६४ रनमा समेटियो । नेपालले कसिलो बलिङ गरेपछि राजवाडाले खुलेर बयाटिङ गर्न सकेन् ।

उसका लागि माधुर खत्रीले सर्वाधिक ४४ रन जोड् । राजवाडालाइ सस्तैमा रोक्ने क्रममा शक्ति गौचन, सागर र संदिप लामिछानेले समान दुइ दुइ विकेट लिए । अभिनास कर्ण र करण केसीले एक एक विकेट बांडे । जीत संगै नेपालले पहिलो अभ्यास खेलमा बेहोरेको ४२ रनको हारको बदला पनि लिएको छ ।

Most Popular

To Top