हाइप्रफमेन्स क्याम्प सम्पन्न, १२ तारिख देखि क्लोज क्याम्प सुरु हुने

अहिले नेपाली क्रिकेट कुन अवस्थामा छ यो बारे कोही अनबिज्ञ छैन् । आफु आफु बीचको लडाइका कारण अन्तराष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट संघलाइ निलम्बन गरेको पनि एक वर्ष हुन लागि सक्यो । मैदान बाहिरको समस्या जस्तो सकुै भएपनि नेपाली खेलाडी भने फेरी अर्को एक महत्वपुर्ण खेलकालागि तयारीमा छन । घरेलु मैदानमा हुने बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत केन्या विरुद्धको खेलका लागि नेपालले बिश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरको दश दिने बिषेश प्रशिक्षण पाएको छ ।

हाइ परफमेन्स प्रोगाम अन्तर्ग श्रीङकन मुलका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले ३२ खेलाडीलाइ दश दिनको विषेश प्रशिक्षण दिए । उनको प्रशिक्षण बढी मात्रामा ब्याटिङमा केन्द्रित रहेको थियो । नेपाली खेलाडीको क्षमता र मेहनतको खुलेर प्रस्रंशा गरेका वाटमोरले अभ्यासका क्रममा ब्याट्सम्यान र बलर दुवैले सही समयमा सही निर्णय कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेको बताए । सन १९९६ मा श्रीलङकालाइ बिश्वकप जिताएका प्रशिक्षक वाटमोरले नेपालले ब्याटिङमा सुधार गर्नु पेर्न सुझाव दिएका छन । यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले नेपालले सही समयमा वाटमोर जस्तो बिश्व स्तरिय प्रशिक्षक पाएको धारणा राखे ।

वाटमोरले कप्तान पारस खड्का राम्रो नेतृत्वकर्ता भएको भन्दै ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले पनि अफुलाइ प्रभावित गरेको बताए । बिश्वकप खेलिसकेको टोली केन्या संग भिड्नु अघि पाएको वाटमोरको साथले आत्मबिश्वास बढेको खेलाडीको भनाइ छ । नेपालले केही दिनमा २४ खेलाडीको नाम सार्वजनिक गर्नेछ । त्यसपछि केहीदिनको बन्द प्रशिक्षण बाट च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरिनेछ । फेब्रुअरीको अन्तिममा भारतमा गएर एक साता अभ्यास गर्ने नेपालको तयारी छ ।

तर अहिले सम्म भारतको कुन ठाउमा कुन क्लब र कति वटा खेल खेल्न त्यो भने निश्चित भइनसकेको प्रशिक्षक टमाटाले जानकारी दिए । नेपाल र केन्या बीच मार्च ११ र १३ मा खेल हुदैंछ । नेपालका लागि केन्या संगको खेल घरेलु मैदान र दर्शकको फाइदा उठाउदै अंक जोड्ने सुनौलौ अवसर पनि हो ।

Comments:

comments

About the author

News Staff

Latest News