न्युजिल्याण्ड विरुद्ध दक्षिण अफ्रिका चार विकेटले विजयी

Photo: Getty Images/ESPNCricinfo

काठमाडौं – न्युजिल्याण्ड विरुद्धको पहिलो एक दिवसिय खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको छ । जितसंगै दक्षिण अफ्रिकाले पाँच खेलको श्रृखलामा १-० को अग्रता बनाएको छ ।

न्यूजिल्याण्ड २०७/७ (३४) विरुद्ध दक्षिण अफ्रीका २१०/६ (३३.५), दक्षिण अफ्रीका ४ विकेटले बिजयी

न्युजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले ३४ ओभरमा झारीएको खेलमा सात विकेट गुमाउदै २०७ रन बनायो । उसका लागि केन विलियम्सनले ५९ तथा कोलीन डी ग्राण्डहोमीले ३४ र डियन ब्राउन्लीले ३१ रन बनाए ।

बलिङ तर्फ दक्षिण अफ्रिकाका क्रिस मोरीसले चार विकेट लिए । जवाफमा दक्षिण अफ्रिकाले एक बल बाकि हुदा लक्ष्य पुरा गर्यो । उसका लागि क्विन्टन डी ककले ६९ तथा एवी डिभिलियर्सले ३७ रन बनाए ।

यस्तै हसीम अमलाले ३५ र एन्ड्लीले २९ रन जोडे ।

Comments:

comments

About the author

News Staff

Latest News