दक्षिण अफ्रिका विरुद्धको खेलमा न्युजिल्याण्ड ६ रनले विजयी

दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसिय खेलमा न्युजिल्याण्ड ६ रनले विजयी भएको छ । जितसंगै न्युजिल्याण्डले पाच खेलको श्रृखलामा एक एकको बराबरी गरेको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले ५० ओभरमा चार विकेट गुमाउदै २ सय ८९ रन बनायो । उसका लागि रोस टेलरले सतकिए पारी खेले । उनले एक सय दुई रन बनाउदा कप्तान केन विलियम्सनले ६९ रन बनाए । यस्तै जेम्स निस्हामले ७१ रन जोडे । ५३ रन हुदा दुई विकेट गुमाइसकेको न्युजिल्याण्डका लागि विलियम्सन र टेलरले तेस्रो विकेटका लागि एक सय चार रनको साझेदारी गरेका थिए । बलिङ तर्फ दक्षिण अफ्रिकाका ड्वायनी प्रिटोरियसले दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा नौ विकेट गुमाउदा दुई सय ८३ रनमा रोकियो । रोमाञ्चक बनेको खेलमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ५७ तथा प्रिटोरियसले ५० रन बनाए । यस्तै कप्तान एवी डिभिलियर्सले ४५ रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । न्युजिल्याण्डका लागि बोल्टले तीन विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News