Nepal Mens

अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य

भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य पाएकाे छ। गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भर्खरै सम्पन्न पहिलाे इनिङमा राजवाडाले नेपाललार्इ साे लक्ष्य दिएकाे हाे।

टस जितेर पहिले ब्याटिंङ गरेकाे राजवाडाले निर्धारित ५० अाेभरमा ६ विकेट गुमाएर २ सय ८१ रन बनायाे। राजबाडाकाे पहिलाे विकेट साेमपाल कामीले कपिल यादवलाइ १६ रनमै अाउट गराएर लिए। त्यसपछि सुझबुझ पुर्ण र अाक्रमक ब्याट्रिङ गरेका रजत चप्रवाललाइ ९१ रनमा हुदा सन्दिपले एलबिडब्लुकाे धराप पारे। ८० बलकाे सामना गरेका उनलाइ सन्दिपले ३१ अाै अाेभरमा पवेलियन फर्काएका थिए। यसले राजवाडाकाे रन गतिमा ब्रेक लगाएकाे थियाे।

तेस्राे नम्बरका ब्याट्सम्यान फरान अहमदलाइ शक्ति गाैचनले धेरैबेर क्रिजमा टिक्न दिएनन्। ३३ अाै अाेभरमा शक्तिले उनलाइ ३ रन जाेड्दा पवेलियन फर्काए। ४० अाै अाेभरमा राजवाडाका मधुर खत्रीले ८१ बलमा अर्धशतक प्रहार गर्दै नेपालमाथि दबाव श्रृजना गरे। उनलाइ करण केसीले ४८ अाै अाेभरकाे अन्तिम बलमा ९० रनमा खेलिरहदा ज्ञानेन्द्र मल्लकाे हातबाट क्याच गराए।

नेपालका तर्फबाट साेमपाल कामी, करण केसी, शक्ति गाैचन र सन्दिप लामिछानेले समान १ – १ विकेट लिए। नेपाली टाेलीले केही बेरमा अाफ्नाे इनिङ सुरू गर्नेछ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top