International

बम विस्फोटका कारण पिएसएलको फाइनल अनिश्चित

सोमबार पाकिस्तानको लाहोरमा भएको बम विस्फोटनको प्रत्यक्ष असर पाकिस्तानी सुपर लिग क्रिकेटमा परेको छ । यो बम विस्फोटकबाट अब पिएसएलको फाइनल खेल तोकेको समयमा हुन्छ की हुदैन भन्ने ठुलो प्रश्न उठेको छ ।

१३ जनाको ज्यान जानेगरी ब्यस्त मलमा भएको विस्फोटले मार्च पाच तारिखमा हुने भनिएको पिएसएलको फाइनल खेल रद्द हुने निश्चित जस्तै देखिएको छ । लाहोरको गद्दाफि स्टेडियममा हुने भनिएको फाइनल खेलमा विदेशी खेलाडीले सहभागिता नलिने बताएपछि पाकिस्तानी क्रिकेट बोर्ड दबावमा आएको छ । पिसीबीका अध्यक्ष नाजाम सेटिले जियो टिभीसंग दिएको राजनितीक अन्तवार्तामा यदि विदेशी खेलाडीले लाहोरमा खेल्न सहमती नभएमा त्यसको विकल्पमा लाहोरमा खेल्न तयार हुने विदेशी खेलाडीलाई बोलाइने बताए ।

त्यसका लागि फाइनलमा पुगेका टिमका मालिकसंग कुरा भइरहेको समेत बताए । यसका साथै विदेशी खेलाडीले फाइनल खेल दुबईमा हुनुपर्ने बताएपछि सेटीले पाकिस्तानी खेलाडीमात्र राखेर फाइनल खेल लाहोरमा गर्ने की विदशीलाई राखेर दुबईमा गर्ने यसको निर्णय सर्वसाधारणले गर्नुपर्ने बताए । पाकिस्तानले आयोजना गरेको पिएसएलको यो दोस्रो सस्करण हो । नौ फेब्रेवरी देखि सुरु भएको लिगका सबै खेल दुबई र सारजाहमा भइरहेका छन भने फाइनल खेलमात्र लाहोरमा गर्ने योजना थियो ।

Most Popular

To Top