International News

श्रीलंका विरुद्धको तेस्रो खेलमा अष्ट्रेलिया ४१ रनले विजयी

श्रीलंका विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी क्रिकेट खेलमा अष्ट्रेलिया ४१ रनले विजयी भएको छ । हारपछि पनि श्रीलंकाले तीन खेलको श्रृखला दुई एकले जितेको छ ।

अष्ट्रेलियाको एडिलेड ओभलमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ८७ रन बनायो । उसका लागि मिचेल क्लिङगेरले ६२ तथा कप्तान आरोन फिन्चले ५३ रन बनाए । यस्तै ट्राभिस हेडले ३० र बेन डुङकले २८ रन जोडे । श्रीलकाका लागि बलिङ तर्फ लसित मालिङगा र दसुन सानाकाले दुई दुई विकेट लिए ।

जवाफमा श्रीलका १८ ओभरमा एक सय ४६ रनमा समेटियो । श्रीलकाका लागि दिल्सान मुनाविराले ३७ र मिलिन्डा सिरीवार्दानाले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए । अष्ट्रेलियाका लागि जेम्स फाल्कनर र एडम जाम्पाले तीन तीन विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News