विश्व क्रिकेट लिग च्याम्पियनसिप, नेदरल्याण्ड शिर्षस्थानमा, हङकङ ५ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौ चरणको पहिलो खेल अन्तर्गत नेदरल्याण्डले हङकङलाई पाच रनले पराजित गरेको छ । जितसंगै नेदरल्याण्ड लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

हङकङको मोङकोङ स्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ३० रन बनाएको थियो । १० रन हुदा पहिलो विकेट गुमाएको डच टिमका लागि दोस्रो विकेटका रुपमा स्टेफन माइबर्ग र बेन कुपरले ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि ११२ रन हुदा तेस्रो विकेट गुमाएको डच टिमका डिडिल अडरका खेलाडीले राम्रो ब्याटिङ गरे । जसका कारण नेदरल्याण्डले तीन सय ३० रनको योगफल तयार पार्न सफल भयो । उसका लागि स्टेफनले ८८ तथा रोयलोफ भान डेरले ६२ तथा पिटर सिलरले ५० रन बनाए । यस्तै बेन कुपरले ४३ र कप्तान पिटर बोरेनले ४० रन जोडे ।

जवाफमा हङकङ ५० ओभरमा नौ विकेट गुमाउदा तीन सय २५ रनमा रोकियो । ४१ रनमा पहिलो विकेट गुमाएको हङकङले ५३ रन हुदा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि युवा खेलाडी अन्सुमान राथ र कप्तान बाबर हयातले एक सय ९७ रनको साझेदारी गर्दै हङकङलाई बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछि गतिलो साझेदारी नहुदा हङकङले बाकि ४० रन जोडदा सात विकेट गुमायो र तीन सय २५ मा अलआउट भयो । हङकङका लागि अन्सुमानले एक सय ३४ रनको पारी खेले भने बाबरले ८३ रन बनाए । यस्तै निजाकत खानले २२ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । अब यी दुई विचको दोस्रो खेल शनिबार हुनेछ ।

जीतपछि नेदरल्याण्डले नौ खेलबाट १४ अंक बनाउदै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने पिएनजीको १२ अंक छ । हङकङको ११ अंक छ । आजको हारले हङकङलाई शिर्ष स्थानमा उक्लिने मौका गुमायो । यहि च्याम्पियनसिपका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ । नेपालले नेदरल्याण्डसंग खेलका दुई खेलमा एक जित र एक हार ब्यहोरेको थियो । प्रतियोगितामा नेपालले अब केन्या विरुद्ध खेल्ने तयारीमा छ भने हङकङ पनि खेल्न बाकि छ ।

Comments:

comments

About the author

News Staff

Latest News