आइसीसी विश्व क्रिकेट लिग, नेदरल्याण्ड १४ रनले विजयी

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको दोस्रो खेलमा नेदरल्याण्ड १४ रनले विजयी भएको छ । जितसंगै नेदरल्याण्डसले लिगमा १६ अंक बनाउदै शिर्ष स्थानमा बलियो पकड बनाएको छ ।

हङकङको मोङ कोक स्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ५० ओभरमा नौ विकेट गुमाउदा तीन सय १४ रन बनायो । उसका लागि बेन कुपरले ७८ तथा मिचल रिपोनले ५३ रन बनाए । यस्तै कप्तान पिटर बोरेनले ४९ तथा पिटर सिलरले ३१ रन बनाए । बलिङ तर्पm हङकङका इशान खानले तीन तथा नदिम अहमदले दुई विकेट लिए ।

जवाफमा हङकङ ५० ओभरमा आठ विकेट गुमाउदा तीन सय एक रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको हङकङले दुई सय १२ रन बनाउदा मात्र तीन विकेट गुमाएको थियो । तर पुछार तिरका ब्याटसम्यान राम्रो खेल्न नसक्दा पराजित हुन पुग्यो । हङकङका लागि कप्तान बाबर हायातले ८६ तथा अन्सुमान साथले ८५ रन बनाए । यस्तै निजाकत खानले ४१ र क्रिस्टोफर कार्टरले २४ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन । जितपछि नेदरल्याण्डले १० खेलबाट १६ अंक बनाएको छ भने पिएनजीको १२ र हङकङको ११ अंक छ ।

Comments:

comments

Latest News