आन्द्रे रसेललाई एक वर्ष क्रिकेट खेल्न प्रतिबन्ध

वेस्टइण्डिजका स्टार अलराउण्डर आन्द्रे रसेललाई डोपिङ परीक्षणमा असहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले एक वर्षसम्म कुनै पनि प्रतियोगिता खेल्न बन्देज गरेको छ।

आइसिसिका अनुसार जनवरी ३१ २०१७ देखि जनवरी ३० २०१८ सम्म सबै किसिमका प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो। डोपिङ परीक्षणमा एक वर्षको अवधिमा तीन पटकसम्म आफ्नो अवस्था जानकारी नगराएको भन्दै डोपिङ परीक्षणमा असहयोग गरेकाले तीन सदस्यीय न्यायिक छानबिन आयोगले उनलाई दोषी ठहर गर्दै प्रतिबन्ध लगाएको हो। विश्व एन्टि डोपिङ एजेन्सीको नयाँ नियम अनुसार खेल दौरानबाहेक अन्य समयमा पनि खेलाडीको परीक्षण गरिने भएकाले जुनसुकै अवस्थामा चेक जाँच गर्नसक्ने व्यवस्था छ।

यो प्रतिबन्धसँगै २८ वर्षीय रसेलले पाकिस्तान सुपर लिग, आइपिएल, बंगलादेश प्रिमियर लिगलगायतका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्। यसैबीच रसेलका वकिल पैट्रिक फस्टरले प्रतिबन्ध विरूद्ध अपिल गर्ने भएका छन्। आईपीएलमा कोलकाता नाइट राइडर्सबाट खेल्ने गरेका उनी नखेल्न भएपछि कोलकाताले उनको ठाउँमा नयाँ खेलाडी खोज्न सुरू गरेको छ।

Comments:

comments

About the author

News Staff

Latest News