तेस्रो अभ्यास खेलमा नोयडा वन्डर्सलाई २ सय ४९ रनको लक्ष्य

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिमले तेस्रो अभ्यास खेलमा नोयडा वन्डर्सलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

ग्रेट नोयडा स्थित गौतमबुद्ध क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा पाच विकेट गुमाउदै दुई सय ४८ रन बनायो । अघिल्लो दुई खेलमा नियमित ओपनर गरेका ज्ञानेन्द्र मल्लको सट्टा युवा जोडीलँई पारीको सुरुवात गराएको नेपालका लागि पहिलो विकेटका रुपमा आशिफ सेख र सुनिल धमलाले ५२ रनको साझेदारी गरे । तर आशिफ २२ रनमा आउट भएपनि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका शरद भेषवाकरले पनि सुनिल धमलासंग अर्धसतकिए साझेदारी गर्न सफल भए । शरदले २२ रन बनाए । यस्तै सुनिल धमलाले ७४ रन बनाउदा आरिफ शेखले २८ र राजेश पुलामीले ३० रनको योगदान गरे । साथै विनोद भण्डारीले ४१ रन जोडे । अघिल्लो दुई अभ्यास खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको थियो ।

Comments:

comments

About the author

News Staff