International News

भारत र अष्ट्रेलियाको तेस्रो टेष्ट, अष्ट्रेलिया बलियो स्थितीमा

भारत विरुद्धको तेस्रो टेष्टको पहिलो दिन सकिदा अष्ट्रेलिया बलियो स्थितीमा पुगेको छ । पहिलो दिनको खेल सकिदा अष्ट्रेलियाले चार विकेटको क्षतीमा दुई सय ९९ रन बनायो । जसमा कप्तान स्टिभ स्मिथले सतक प्रहार गरे ।

भारतको राचि स्थित झारखण्ड क्रिकेट मैदानमा जारी खेलको पहिलो दिन सकिदा अष्ट्रेलियाले राम्रो खेल खेल्यो । अर्धसतकिए साझेदारी बाट पारिको सुरुवात गरेको अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले अर्धसतक प्रहार गरे । स्मिथ एक सय १७ रनमा अविजीत छन भने टेष्ट करियरमा पहिलो अर्धसतक प्रहार गरेका म्याक्सवेल ८२ रनमा अविजीत छन ।

यसअघि मेट रेन्सोले ४४ रन बनाउदै सानो उमेरमा टेष्टमा पाच सय रन पुर्याउने किर्तीमान बनाए । साढे २० बर्षमा नपुग्दै मेटले टेष्टमा ५०० रन बनाउने पहिलो अष्ट्रेलियन खेलाडी बने । पहिलो दिन भारतको बलिङ खासै उत्साह जनक रहेन । उसका लागि उमेश यादवले दुई तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

Latest News

To Top