International News

अफगानिस्तान विरुद्ध आयरल्याण्ड तीन विकेटले विजयी, श्रृखलामा दुई दुईको बराबरी

अफगानिस्तान विरुद्धको चौथो एकदिवसिय खेलमा आयरल्याण्ड तीन विकेटले विजयी भएको छ । जितसंगै आयरल्याण्डले पाच खेलको श्रृखलामा दुई दुईको बराबरी गरेको छ ।

भारत ग्रेटर नोयडामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४९ ओभर पाच बलमा दुई सय २० रन बनायो । जसका लागि सफिक्उल्लाहले ४२ तथा डलवत जार्दन र मोहम्मद नावीले समान ४१–४१ रन बनाए । यस्तै कप्तान अज्गरले ३५ रन थपे । बलिङ तर्फ आयरल्याण्ड केविन ओब्राइनले चार तथा ज्याकोब मुल्डेरले तीन विकेट लिए ।

जवाफमा आयरल्याण्डले ४६ ओभर पाच बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । आयरल्याण्डको जितमा केविन ओब्राइनले अविजीत ७२ तथा ग्रे विल्सनले ४१ र पउल स्ट्रलिङले २८ रन बनाए । यस्तै इड जोयसले २४ रन थपे । बलिङ तर्फ मोहम्मद नावीले चार तथा रसिद खानले दुई विकेट लिएपछि टिमलँई हारबाट बचाउन सकेनन । श्रृखलाको छिनोफानो अब शुक्रबार हुने अन्तिम खेलबाट हुनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top