आइसीसी कन्टिनेन्टल कप, टेष्ट राष्ट्र बन्ने दाउमा अफगान

आइसीसी कन्टिनेन्टल कप क्रिकेट अन्तर्गत अफगानिस्तानले आयरल्याण्डलाई एक इनिङ र एक सय ७२ रनको भारी अन्तरले हराएको छ । जितसंगै अफगानिस्तान अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने टेष्ट मान्यता पाउने होडमा अग्रस्थानमा पुगेको छ ।

भारतको ग्रेटर नोयडामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो पारीमा आठ विकेट गुमाउदै पाच सय ३७ रन बनायो । उसका लागि दुई जना खेलाडीले सतक प्रहार गरे । जसमा कप्तान अज्गरले एक सय ४५ र अफसर जाजाईले एक सय तीन रन बनाए । यस्तै ओपनर मोहम्मद सहजादले ८५ रनको योगदान गरे भने नासिर जमलले ७३ रन जोडे ।

जवाफमा आयरल्याण्ड पहिलो पारीमा दुई सय ६१ रनमा अलआउट भयो । जसमा एन्डीले ६२ र जोन एण्डरसनले ६१ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । पहिलो पारीमा आयरल्याण्डलाई कम स्कोरमा रोक्न रसिद खानले पाच तथा मोहम्मद नावी र जहिर खानले दुई दुई विकेट लिए । फलोअनमा परेका कारण पुन ब्याटिङमा आएको आयरल्याण्ड दोस्रो पारीमा मोहम्मद नावीको घातक बलिङका कारण मात्र एक सय चार रनमा आलआउट भयो । उसका कुनैपनि खेलाडीले २० रन पार गर्न सकेनन । नावीले छ विकेट लिए भने रसिद खानले तीन विकेट हात पारे ।

अंक तालिकामा ८१ अंक सहित शिर्ष स्थानमा रहेको अफगानिस्तान टेष्ट मान्यता पाउने होडमा राम्रो पकड बनाएको छ । आइसीसी टेष्ट मान्यता प्राप्त देशको सुचिमा पुछारमा रहेका देशलाई आइसीसीले २०१८ मा नया संरचना गर्ने र एसोसियटको शिर्ष स्थानमा रहेका देशलाई टेष्टमा मान्यता दिनसक्ने निर्णयका कारण अफगानिस्तानलाई यो मौका आउनसक्ने सम्भावना बढेको छ ।

Comments:

comments

About the author

News Staff

Latest News