अन्तिम टेष्टमा पराजित हुदा अष्ट्रेलियाले श्रृखला गुमायो

अष्ट्रेलिया विरुद्धको चौथो तथा अन्तिम टेष्टमा भारत ८ विकेटले विजयी भएको छ । जितसंगै भारतले घरेलु मैदानमा चार टेष्टको श्रृखला दुई एकले जितेको छ ।

भारतको धर्मशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा कप्तान स्टिभ स्मिथको एक सय ११ रनको मद्दतले तीन सय रन बनाएको थियो । उसका लागि पहिलो पारीमा म्याथ्यु वाडेले ५७ तथा डेविड वार्नरले ५६ रन बनाए ।

जवाफमा भारतले आफनो पहिलो पारीमा तीन सय ३२ रन बनायो । भारतका लागि रविन्द्र जडेजाले ६३, लोकेश रावलले ६० तथा चेतेश्वर पुजाराले ५७ रन बनाए । बलिङ तर्फ अष्ट्रेलियाका नाथन लियोनले पाच विकेट लिए । पहिलो पारीमा ३२ रनले पछि परेको अष्ट्रेलिया दोस्रो पारीमा भने पुर्ण रुपमा दबावमा आउदै मात्र एक सय ३७ रनमा अलआउट भयो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४५ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । अष्ट्रेलियालाई कमजोर बनाउन रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र उमेश यादवले तीन तीन विकेट लिए । मात्र एक सय ६ रनको लक्ष्य पाएको भारतले दुई विकेटको क्षतीमा पुरा गरयो । उसका लागि लोकेश रावलले ५१ तथा अजिन्क्या राहानेले ३८ रन बनाए । अष्ट्रेलियाले भारतलाई सन् २००४ पछि उसकै मैदानमा हराउन सकेको छैन ।

Comments:

comments

About the author

News Staff

Latest News