ICC World Cricket League Championship

किर्तीपुर मैदानको तयारी भिडियोमा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि मैदानको तयारी पुरा भएको छ । नामिविया पछि पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना गर्न लागेको नेपालले यसपटक केन्या विरुद्धको खेलका लागि सुरक्षाको विशेष तयारी गरेको छ ।

किर्तीपुर मैदानमा हुने खेलका लागि सरकारले नै आठ सय सुरक्षाकर्मी तैथान गर्नेछ । जसमा मैदान बाहिर पाच सय र मैदान भित्र तीन सय सुरक्षाकर्मी हुनेछन । दर्शकको सुरक्षा र कुनै अभद्र ब्यवहार नहोस भनेर पनि सुरक्षाकर्मीलाई विशेष निर्देशन दिइएको छ । नामिविया विरुद्ध दुई वटा मात्र गेट खोलेकोमा यसपटक दर्शकका लागि चार वटै गेट खुल्ला गरिनेछ । खेलका लागि विक्रिमा राखिएका १५ हजार टिकट विक्रि भइसकेको बताइएको छ । मैदानलाई अन्तिम स्वरुप दिन बाकि रहेको छ भने बाकि सबै काम समाप्त भइसकेको छ ।

यसी भयो तयारी हरौ भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

To Top