Dhangadhi Premier League

धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा

नेपालकै सर्वाधिक राशिको धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र २७ गते देखि हुने प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियल लगायत अन्य व्यवस्थापकिए सम्पुर्ण तयारी पुरा भएको हो ।

एसीसीको आयोजनामा हुन लागेको एसीसी इमर्जिङ कपका कारण चैत्र ५ देखि १९ गते मिति तोकिएपनि प्रतियोगिता २७ गतेका लागी सारिएको हो । निर्धारीत समयमा नै गर्ने लक्ष्यका साथै धेरै जसो तयारी यसअघि नै भएपनि प्रतियोगीताको मिति सरेपछि आयोजकले तयारी अझ व्यापक वनाएको छ ।

धनगढीको सेती अञ्चल प्रहरी कार्यालय मैदानमा हुन लागेको प्रतियोगीतामा दर्शकको सुविधालाइ मध्यनजर गर्दै छाना सहितको अस्थाइ प्याराफिट निर्माण गरीने भएको छ । प्याराफिट अभावमा टिकट काटेर पनि चर्को गर्मीमा खेल हेर्ने दर्शकले पनि यसपालि प्याराफिटमा वसेर प्रतियोगीताको भरपुर आनन्द लिन पाउने छन ।

यसअघिका प्रतियोगीतामा सामान्य क्ले विकेटमा प्रतियोगीता खेल्दै आएका खेलाडीका लागी यो प्रतियोगीतामा मैदानको पनि विषेश व्यवस्था गरीएको छ । झण्डै दुइ महिना देखि मैदान व्यवस्थापनमा खटिएका क्यूरेटर अजय पाण्डेले संभवत मौफसलमै पहिलोपटक राजधानीमा रहेको टियू मैदान जस्तै हरियाली मैदान र पिच तयार गरेका छन ।

चैत्र २७ देखि वैशाख ९ गते सम्म हुने प्रतियोगीताका लागी २ करोड वढि लगानी गरिएको छ । प्रतियोगीता अवधिभर ६० हजार दर्शकले प्रत्यक्ष हेर्न पाउने अपेक्षा गरिएको छ । विभिन्न ६ टिमको सहभागिता रहेको प्रतियोगिताको अर्को उद्देश्य फाप्ला मैदानको निर्माणका लागि सहयोग गरिने पनि रहेको छ । नेपालमा नै पहलिो पटक अक्सनबाट खेलाडी छानेर टिम तयार पारिएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई ठुलो टेवा पुरयाउने निश्चित छ ।

Most Popular

To Top