डिपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीको टिम भिडने

धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार खेल तालिकाप्रकाशित गरेको हो ।

खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डन्स आमने सामने हुने भएका छन । त्यसअघि चैत्र २७ गते नेपाल ११ र धनगढी ११ विच च्यारिटी खेलको आयोजना गर्दै प्रतियोगिताको सुरुवात हुने भएको छ ।

जसमा नेपाली राष्ट्रिय टिम र धनगढी ११ का खेलाडीहरुको सहभागिता रहने छ । उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताएका छन ।

त्यस्तै, प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र बिनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिक आमने सामने हुने भएका छन भने २९ गते विहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढी आमनेसामने हुदैछन । प्रतियोगिताको फाईनल बैशाख ९ गते हुनेछ ।

Comments:

comments

About the author

News Staff