International Nepal Mens

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट, नेपालमाथि बंगलादेश हावी

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको २३ वर्ष मुनिको टिम संग प्रतिस्पर्धा गरिरहेको छ ।

कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालका लागि अभिनाष कर्णले तीन र महबुब आलमले एक विकेट लिदै बंगलादेशलाइ दवावमा राखेका छन । अभिनाषले बंगलादेशका सुरुवाती तीन ब्याट्सम्यानलाइ सस्तैमा पभेलियन फर्काउदै नेपाललाइ सफलता दिलाएका थिए । अभिनाषले पहिलो ओभरको अन्तिम बलमा ओपनर मोहम्मद सैफ हसनलाइ पेभेलियन फर्काए ।

सात रन बनाएका हसन शरद भेषावकरको हात बाट क्याच आउट भएका हुन् । यस्तै दोस्रो ओभरमा अर्का ओपन अज्मिर अहमदलाइ शुन्य रनमा अभिनाषकै बलमा आरिफ शेखले क्याच आउट गरे । अभिनाषले मोहम्मद मिथुनलाइ पनि खाता नखोल्दै आउट गरे । महबुबले नजमुल हुसेन सान्टोलाइ चार बरमा बोल्ड गर्दै मैदान बाहिर पठाए । तर अहिले बंगलादेशको पारीलाइ सिनियर टिमका दुइ खेलाडी मोमिनुल हक र नासिर हुसेनले सम्हालि रहेका छन ।

पहिलो खेलमा पाकिस्तान संग ६ विकेटले पराजित भएका कारण नक आउट चरण प्रवेशका लागि नेपाललाइ आज जित्र्नै पर्ने हुन्छ । नेपाल आज पराजित भए समुह चरण बाटै बाहिरिनेछ । बंगलादेशले भने आफ्नो पहिलो खेलमा हङकङलाइ ८ विकेटले हराएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News