Nepal Mens

एसीसी इमर्जिङ टिम्स कप, हङकङबाट दुई सय १५ रनको लक्ष्य

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा नेपालले हङकङबाट दुई सय १५ रनको लक्ष्य पाएको छ ।

कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय १४ रन बनायो । बलियो सुरुवात गरेको हङकङले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्र मल्लले हङकङको पहिलो विकेट लिए । उनले ५१ रन बनाएका अंशुमान राठलाइ आउट गरे । अर्को विकेट पनि ज्ञानेन्द्रकै नाममा रह्यो । अर्का ओपनर क्यामरुन मेकल्सन ४३ रनमा पेभेलियन फर्किए ।

हङकङको स्कोर एक सय ६ रन हुदा नेपालले तेस्रो विकेट लिन सफल भयो । सन्दिप लामिछानेले निजाकत खानलाई आठ रनमा आउट गरे । हङकङको स्कोर एक सय ३२ रन हुदा नेपालले चौथो विकेट लियो । भुवन कार्कीले बाबर हायातलाई नौ रनमा पेभेलियन फर्काए । त्यसपछि सुसान भारीले एकै ओभरमा दुई विकेट लिएपछि हङकङले एक सय ६० रनमा ६ विकेट गुमायो । वाकस खान ३० रनमा आउट हुदा वाजिद शाह १६ रनमा पेभेलियन फर्किए । तर पुछार खेलाडी शाहिद वासिफ र इसान खानले आक्रामक ब्याटिङ गर्दा हङकङले राम्रो लक्ष्य दिन सफल भयो । वासिफले २२ रन प्रहार गरे भने इसानले १८ रन जोडे ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र सुसान भारी, अविनाश कर्ण, भुवन कार्कीले दुई दुई तथा सन्दिम लामिछाने एक विकेट लिए ।

Most Popular

To Top