International News

भारत र अष्ट्रेलिया विचको तेस्रो टेष्ट बराबरी

भारत र अष्ट्रेलिया विचको तेस्रो टेष्ट बराबरीमा सकिएको छ ।

राचिमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा कप्तान स्टिभ स्मिथको एक सय ७८ तथा ग्लेम म्याक्सवेलको एक सय चार रनको मद्दतका साथ चार सय ५१ रन बनाएको थियो । स्मिथले अविजीत एक सय ७८ रन बनाए भने टेष्ट करियरमा पहिलो सतक प्रहार गरेका म्याक्सवेलले एक सय चार रन बनाए ।

जवाफमा भारतले पहिलो पारीमा ६०३ रनमा नौ विकेट गुमाउदा पारिको घोषणा गर्यो । भारतका लागि चेतेश्वर पुजाराले दोहोरो सतक प्रहार गरे । उनले तेस्रो दोहोरो सतक हिर्काउने क्रममा दुई सय दुई रन बनाए । यस्तै रिद्धमान शाहले एक सय १७ रनको पारी खेले । साथै मुरली विजयले ८२ रन बनाए ।

पहिलो पारीमा एक सय ५२ रनले पछि परेको अष्ट्रेलियाले पाचौ दिनको खेल सकिदा दुई सय चार रनमा छ विकेट गुमाएपछि खेल बराबरी भयो । दोस्रो पारीमा अष्ट्रेलियाका लागि पिटर ह्याण्स्कोवले ७२ रन बनाए । यसअघि भएका दुई टेष्टमा एक भारत र एक अष्ट्रेलियाले जितेको थियो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top