अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारत धरासायी, मात्र एक सय ८८ रनको लक्ष्य

अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारतले एक सय ८८ रनको लक्ष्य दिएको छ । बेङलुरु स्थित चिन्नस्वामी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा मात्र एक सय ८९ रन बनायो । उसका लागि लोकेश रावलले ९० रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । भारतलाई कम स्कोरमा रोक्न नाथन लियोनले आठ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा दुई सय ७६ रन बनायो । उसका लागि मेट रेन्स्वोले ६० र सन मार्सले ६६ रन बनाए । पहिलो पारीमा ८७ रनले पछि परेको भारतको ब्याटिङ दोस्रो पारीमा पनि धोस्त बन्यो । उसका लागि चेतेश्वर पुजाराले ९२ तथा अजिन्क्या राहाणेले ५२ रन बनाउदा लोकेश रावलले ५१ रन जोडे । बाकि खेलाडी एक पछि अर्को रुपमा पेभेलियन फर्किदा भारत २ सय ७४ रनमा अलआउट भयो । यो खेलमा अष्ट्रेलिया विजयी भएमा भारतमा अष्ट्रेलिया लगातार पाचौ खेलमा विजयी हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News