यूएइ विरुद्धको खेलमा आयरल्याण्ड ८५ रनले विजयी

यूएइ विरुद्धको पहिलो एक दिवसिय खेलमा आयरल्याण्ड ८५ रनले विजयी भएको छ । जितसंगै आयरल्याण्डले दुई खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

भारत र यूएइको भ्रमणमा रहेको आयरल्याण्डले घरेलु टिम युएइ विरुद्ध टस हारेर पहिले ब्याटिङ पाएको थियो । जसमा ४९ ओभर तीन बलमा दुई सय ७० रनमा अलआउट भयो । उसका लागि ओपनर तथा कप्तान विलियम पोटरफिल्डले सतक प्रहार गरे । एक सय रन बनाएका पोटरफिल्डले आठ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै केभिन ओब्राइनले ६९ तथा नील ओब्रँइनले ३४ रन बनाए । यसतै गेरी विल्सनले ३३ रन थपे । बलिङ तर्फ जाहोर खानले छ तथा मोहम्मद नाभिदले तीन विकेट लिए ।

जवाफमा युएई ४१ ओभर चार बलमा मात्र एक सय ८५ रनमा समेटियो । उसका लागि अहमेद राजाले ४५ तथा कप्तान रोहन मुस्ताफाले ४३ रन बनाउदा अम्जाद जाभेदले २३ र अदनान मुफ्तीले २१ रन बनाए । बाकि खेलाडी भने सस्तैमा आउट भए । जसका कारण युएइले ८५ रनको फराकिलो हार ब्यहोर्यो । युएइलाई कम स्कोरमा रोक्न जर्ज डोक्रेलले तीन तथा एन्डी म्याक्र्बेन र पिटर चेसले दुई दुई विकेट लिए । यी दुई विचको दोस्रो खेल शनिबार हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News