International News

एमसीसीद्धारा खेलाडीले बोक्ने ब्याटको नया मापदण्ड लागु

होम अफ क्रिकेट भनेर चिनीने क्रिकेटको नियमक सस्था एमसीसीले खेलाडीले बोक्ने ब्याटको नया मापदण्ड लागु गरेको छ ।

एमसीसीको कमिटीले सार्वजनिक गरेको ब्याटको मापदण्ड अब विश्व क्रिकेटमा अक्टोबर २०१७ को एक तारिख देखि लागु हुनेछ । जसमा क्रिकेट ब्याटको लम्बाई एक सय आठ एमएम, मोटाइ ६७ एमएम र ४० एमएमको एज हुनुपर्नेछ । एमसीसीले सन् २००० पछि पहिलो पटक खेलाडीले प्रयोग गर्ने ब्याटको नया निमय बनाएको हो । एमसीसीले आइसीसी, अन्तराष्ट्रिय क्रिकेट खेलाडी महासंघ, अम्पायर संघ र अरु ग्लोबल विभागको सुझावमा नया नियम बनाएका हो ।

यसका साथै खेलका दौरान खेलाडीले नराम्रो ब्यवहार देखाएमा अम्पायरले सिधै पेभेलियन फर्काउन पाउने नियम पनि निकालेको छ । साथै विभिन्न पाच लेभलको नियम पनि बनाएको छ ।

यस्ता छन ४ लेभल
१ अम्पायरले खेलाडीको ब्यवहार नराम्रो लागेमा पहिलो पटक चेतावनी दिने, त्यसपछि पनि भएन भने पाच रनको पेनाल्टी विपक्षी टिमलाई दिने रहेको ।

२ खेलका दौरान एउटा पार्टिले विपक्षीलाई शारिरीक रुपमा चोट अथाव असुरक्षित किसिमको ब्यवहार देखाएको खण्डमा तत्काल पाच रनको पेनाल्टी विपक्षी टिमलँई उपलब्ध गराउने ।

३ खेलाडी वा टिम अथवा दर्शकले विपक्षी टिमलाई दुब्र्यहार हुने किसिमले जिस्क्याएमा, पाच रन पेनाल्टी अनि क्रिजमा भएको खेलाडीलँई तत्काल मैदानबाहिर पठाउने तर निश्चिम ओभरसम्मका लागि, यो खेलको फरम्याटका आधारमा भर पर्ने ।

४ खेलका दौरान खेलाडीले अम्पायरलाई दुब्र्यबहार गरेमा वा खेलका दौरान नियमविपरित काम गरेमा, पाच रन पेनाल्टी, खेलाडीलाई बाकि खेल खेल्न नपाउने गरी मैदान बाहिर पठाउने, यदि ब्याटिङ गरिरहेका भए रिटायर्ड हट घोषित गरिने ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top