International News

मेटले बनाए किर्तीमान

भारत विरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाका ओपनर ब्याटसम्यान मेट रेन्साले नया किर्तीमान बनाएका छन । तेस्रो टेष्टमा डेविड वार्नरसंग ओपनिङमा आएका मेटले कम उमेरमा पाच सय रन पुरा गर्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन ।

भारतको राची स्थित झारखण्ड क्रिकेट मैदानमा जारी खेलमा २० बर्ष तीन सय ५३ दिन पुगेका मेटले २१ रन बनाउदा टेष्ट करियरमा ५०० रन पुरा गरेका थिए । जुन अष्ट्रेलियन खेलाडी क्रिकेटमा किर्तीमान हो । यसअघि यो उमेरमा कुनै पनि अष्ट्रेलियन खेलाडीले यो गर्न सकेका थिएनन । तर मेट ४४ रनमा आउट हुन पुगेका थिए । उनका ओपनिङ पार्नर डेविड वार्नरले १९ रन बनाउदै आउट भए । यसअघिका दुई खेल एउटा अष्ट्रेलिया र एउटा भारतले जितेको छ ।

Latest News

To Top