National News Nepal Women Cricket

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई

सुनसरीको इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागिए टिम सशस्त्र प्रहरीले जितेको छ । फाइनलमा सुदुरपश्चिमाञ्चललाई आठ विकेटले हराउदै सशस्त्रले उपाधि जितेको हो ।

इटहरीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत २० ओभरमा आठ विकेट गुमाउदै मात्र ५७ रन बनायो । उसका लागि सम्झना खडकाले १६ रन बनाउदा बाकि खेलाडी एकोहारो रुपमा पेभेलियन फर्किए । बलिङ तर्फ रितु कनोजियाले तीन विकेट लिइन ।

जवाफमा सशस्त्रले १४ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । सशस्त्रको जितमा सिता रानामगरले १६ तथा सरिता थापामगरले २२ रन बनाए । प्रतियोगितामा ब्याटसउमन सुदुरकी रेखा रावल भइन भने बेष्ट बलर रितु भइन । दुबैले पाच पाच हजार रुपैया हात पारे ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी सशस्त्रकी सिता रानामगर ठहरीइन । उनले १० हजार रुपैया पाइन । विजेता सशस्त्रले एक लाख र उपविजेता सुदुरले ५० हजार रुपैया हात पारयो ।

Comments:

comments

About the author

News Staff

Latest News