भारत भ्रमण उत्साहजनक भएन– प्रशिक्षक टमाटा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले केन्या विरुद्धको खेल अघि भएको भारत भ्रमण सोचे अनुसारको नभएको प्रशिक्ष्ँक जगत टमाटाले बताए । यस्तै टुरमा नेपाली टिमको कप्तानी गरेका ज्ञानेन्द्र मल्लले पनि बलिया टिमसंग खेल्न नपाउनु कमजोरी भएको बताए ।

एक साता लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किएपछि प्रशिक्षक टमाटाले नेपालले मध्यम स्तरको टिम संग अभ्यास खेल खेलेको प्रतिकृया दिए । भारत जानु अघि नेपालले अफगानिस्तानको ए टिम। राजवाडा र एयर इन्डिया संग अभ्यास खेल्ने बताएको थियो । तर एयर एन्डियाले रन्जी ट्रफीका कारण नखेलेको र अफगानिस्तानले टि ट्वान्टी खेल्न गरेको प्रस्ताव नेपालले स्विकार नगरेको टमाटाले बताए ।

नेपालले राजस्थानको राजवाडा क्रिकेट क्लब संग दुइ र नोयडा वन्डर्स संग एक गरी तीन अभ्यास खेलेको थियो । जसमा नेपालले राजवाडा संगको पहिलो खेलमा हार बेहोरेपनि बांकी खेलमा जीत हात पारेको थियो । टमाटाले नेपालका प्रतिद्धन्द्धी त्यति बलियो नभएपनि सामान्य किसिमको अभ्यास खेल भएको बताए । यो भन्दा राम्रो टिमसंग खेल्न पाएकोभए निकै राम्रो हुने धारणा राख्दै टमाटाले तीन अभ्यास खेलले पनि खासै निराशा नभएको बताए ।

आइसीसीले नै नेपालको अभ्यास खेल निर्धारण गरेको थियो । तर जुन आशाका साथ नेपाली टिम भारत पुगेको थियो त्यो भने पाउन सकेन । भारतमा नेपाली टिमको नेतृत्व गरेका ज्ञानेन्द्र मल्लले विपक्षी टिम खराब नभएपनि नेपालले यी भन्दा बलिया टिम संग खेल्नु जरुरी रहेको बताए । नेपाली टिमको क्षमता अनुसार विपक्षी टिम नभएकाले साचेको जस्तो अभ्यास हुन नपाएको उनको भनँई छ ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या संग नेपालले फागुन २८ र ३० गते घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । जसमा ज्ञानेन्द्र संग सुनिल धमला वा आशिफ शेद मध्ये एकले नेपालको अ‍ोपनिङ गर्ने पनि टमाटाले जानकारी दिए । खेलाडीले भारत भ्रमणमा बिशेषगरी खेललाइ कसरी फिनिसङ गर्ने भन्नेमा ध्यान दिएको टमाटाको भनाइ छ ।

मानसिक र शारिरक रुपमा केन्या संगको खेलका लागी नेपाल पुर्ण रुपमा तयार भएको बताइएको छ । अन्तिम टोलीको केही दिनमा नै गरिने टमाटाले जनाएका छन । नेपालले पर्सी बाट खेलको अन्तिम तयारी गर्नेछ । अन्तिम तयारीमा अवस्थ भएर आराम गरिरहेका कप्तान पारस खड्का पनि उपस्थित हुने अपेक्षा गरिएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News