ICC World Cricket League Championship

बर्षाका कारण आजको खेल प्रभावित हुने सम्भावना

काठमाडौं – शुक्रवार देखी परेको लगातारको बर्षाका कारण नेपाल र केन्या बिचको पहिलो खेल प्रभावित हुने सम्भावना देखिएको छ । बर्षा आज शनिवार पनि जारी रहेमा, भोली आइतबारका लागी सारीनेछ ।

बर्षा रोकिए खेल केहि समय ढिला सुरु हुने छ्, खेल नभए भोली रिजर्भ डे मा खेलाईनेछ । यस्तै खेल सुरु भएर बिचमा रोकिए तेही स्थितीबाट रिजर्भ दिनमा सुरु हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार सम्म मौसम यथावत रहने जनाएको छ। मौसमविद् सुवास रिमालका अनुसार शनिबार सम्म हलका बर्षा हुने सम्भावना रहेको छ। उनका अनुसार आइतबारदेखि तापक्रम बढ्ने र मौसममा सुधार आउने सम्भावना रहेको छ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top