Nepal Mens

तेस्रो अभ्यास खेलमा नेपालले नोयडा वन्डर्सलाई ४० रनले हरायो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिमले तेस्रो अभ्यास खेलमा नोयडा वन्डर्सलाई ४० रनले पराजित गरेको छ ।

ग्रेट नोयडा स्थित गौतमबुद्ध क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा पाँच विकेट गुमाउदै दुई सय ४८ रन बनायो । अघिल्लो दुई खेलमा नियमित ओपनर ज्ञानेन्द्र मल्लको सट्टा युवा जोडिका रुपमा आशिफ सेख र सुनिल धमलाबाट पारीको सुरुवात गराएको नेपालले पहिलो विकेटकालागि ५२ रन जोड्न सफल भए ।

आशिफ २२ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकरले पनि सुनिल धमलासंग अर्धसतकिए साझेदारी गर्न सफल भए । शरदले पनि २२ रन बनाए । यस्तै सुनिल धमलाले ७४ रन बनाउदा आरिफ शेखले २८ र राजेश पुलामीले ३० रनको योगदान गरे । साथै विनोद भण्डारीले ४१ रन जोडे ।

जवाफमा नोयडा टिम ४७.२ ओवरमा २०८ रनमा अलआउट भयो । उसका लागि प्रियम गार्गले ४४ तथा सिभम शर्माले ३८ रन बनाए । यस्तै बबी यादवले २६ र राहुल चोपडाले २२ तथा हर्सित सेठ्ठी र आयुश जैनले समान २०–२० रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन ।

बलिङ तर्फ नेपालका सोमपाल कामीले ३ (३/२८) तथा सन्दिप लामिछाने (२/४५) र शक्ति गौचन (२/२६) ले दुई दुई विकेट लिए । तीन अभ्यास खेल खेलेको नेपालले २ मा जित र एकमा हार ब्यहोरेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top