केन्या विरुद्धको खेलका अन्तिम १४ खेलाडीको घोषणा

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या बिरुद्धका दुई खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।

एक साताको भारत भ्रमणमा जानु अघि नेपाली क्रिकेट टिमको १९ जना खेलाडीका नामावली सार्वजनिक भएको थियो । भारत भ्रमणमा ३ अभ्यास खेलेर फर्किएको टोली बाट अन्तिम १४ खेलाडी छानिएका हुन ।

को-को परे अन्तिम १४ मा ?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, मेहबूब आलम, आरीफ शेख, सुनिल धमला र दिपेन्द्र सिंह एैरी

बैकल्पिक खेलाडीहरु
राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की र दिलिप नाथ

अश्वस्थताका कारण कप्तान पारस खडका भारत गएका थिएनन् । फाल्गुन २८ र ३० (मार्च ११ र १३) गते त्रिभुवन अन्तरराष्ट्रिय क्रीकेट मैदान्, किर्तिपुरमा हुने खेल अगाडी पारसले टिमसंग अभ्यास गर्नेछन ।

टिमको छनौट भने आइसीसीका प्रतिनिधि भेन्कटपति राजु, नेपाल टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन् ।

Comments:

comments

Latest News